मोरङ । मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन ।