इटहरी । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार कुकुरको पुजा सहित खाना तथा परिकारहरु पहिले कुकुरलाई खुवाएर खाने चलन रहेको छ । सोही अवसर पारेर इटहरीमा वुल्स ऐलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई पुजा सहित खानेकुरा खुवाएर कुकुर तिहार मनाएको छ । इटहरी क्षेत्रमा सरसफाई तथा वृक्षारोपणका क्षेत्रमा नाम कमाएको वुल्स ऐलेभेन क्लवले कुकुर तिहारको अवसर पारेर सामुदायिक कुकुरहरुलाई खानेकुरा खुवाइएको हो ।

त्यसै, गरी घरपालुवा कुकुरहरुको समेत पुजा गरेर मिठा खानेकुरा खुवाएर साथै आजको पहिलो खाना कुकुरलाई खुवाएर कुकुर पुजा गरियो । इटहरीलाई हराभरा सहित सफा र सुन्दर नगरका रुपमा परिचित गराउन वुल्स ऐलेभेनले विशेष गरी सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । त्यसै गरी बजार तथा चौक क्षेत्रका वृक्षारोपणको महत्वलाई मध्यनजर गर्दै वृक्षारोपण सहित रोपिएका विरुवाहरु हुर्काउन सक्रिय रुपमा रेखदेख गोडमेल समेत गर्दै आएको क्लवका उपाध्यक्ष रामु राईले वताए । विगत केही वर्ष देखि वुल्स ऐलेभेनले इटहरीमा सरसफाई र वृक्षा रोपण रक्तदान साथै विभिन्न अवसरमा आयोजित कार्यक्रमहरुमा समेत सहभागिता जनाउदै आएको छ ।