इटहरी । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले दिपावली छठ नेपाल संवतको अवसर पारेर शुभकामना आदान प्रदान सहित देउसी भैलो कार्यक्रम गरेको छ । हरेक वर्ष लक्ष्मी पुजाको दिन शुभकामना आदानप्रदान सहित देउसी भैलौ कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरी आयोजना गर्ने गरे अनुसार यस पटक पनि गरिएको हो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चाडपर्व केन्द्रित शुभकामना आदान प्रदान सहित सामुहिक रुपमा देउसी भैलो खेलियो । राजयोग , ध्यानका माध्यमबाट शान्तिको कामना सहित सामाजिक सेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउदै आएको केन्द्रले विगत देखि नै दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान सहित सामुहिक देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ ।सो कार्यक्रममा सशस्त्र प्रहरी बलको बराहा वाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल , नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष भिमवहादुर पौडेल , समाजसेवी राजेश श्रेष्ठ , लोक गायिक गंगा गौतम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 




















