इटहरी । राष्ट्रिय जागृति क्लव इटहरीले एक कार्यक्रमको आयोजना गरी बरिष्ठ गायक तथा संगीतकार मानसिङ थुलुङ लगायतलाई सम्मान गरेको छ । शुभदिपावली तथा छठ पर्व लगायत चाडपर्वहरुको अवसर पारेर राजा क्लल इटहरीले आयोजना गरेको नगर स्तरीय लोक नृत्य प्रतियोगिताको अवसर पारेर बरिष्ठ गायक तथा संगीतकार थुलुङ लगायतलाई सम्मान गरेको हो ।
त्यसै गरी राजा क्लवले शैक्षिक क्षेत्रका महत्वपुर्ण योगदान गरेको भन्दै जिवछ सरदार , क्लवका पुर्व अध्यक्ष संजीव ढुंगाना , पत्रकार भुमिका पाख्रिन , क्रिकेटर समिर तिम्सीना , फुलवलर सृजल राई बाल गायक रिजन डाँगी लगायतलाई समेत सम्मान गरेको छ । क्लवका अध्यक्ष सन्त वहादुर डुम्जनको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा नगर स्तरीय लोक नृत्य प्रतियोगितामा विजयी विद्यालयहरुलाई समेत पुरस्कृत गरियो ।प्रतियोगितामा कोशी सेन्टजेम्स सेकेण्डरी स्कुल प्रथम , पिसजोन सेकेण्डरी स्कुल दोस्रो , इटहरी मोडल सेकेण्डरी स्कुल तृतिय भएका थिए । प्रथम ,दोस्रो तथा तृतिय हुने विद्यालयहरुलाई क्रमश नगद २० हजार १५हजार र १० सहित प्रमाण पत्र प्रदान गरियो । लोक नृत्य रनिङशिल्ड प्रतियोगिताका प्रतिस्र्पधीहरुले मारुनी , पौडा, साकेला , घुम्रा , लगायतका जातिय तथा लोपोन्मुख बन्दै आएका नृत्य प्रस्तुत गरेरका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
वि.सं. २०२३सालमा स्थापित राजा क्लव इटहरीले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि खेलाडी उत्पादन गर्ने , सांस्कृतिक कार्यक्रम गर्ने लगायत सामाजिक सेवाका क्षेत्रमा समेत विभिन्न काम गर्दै आएको आएको छ ।




















