सुनसरी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत सात लाख चौसट्ठी हजार भुक्तानी गरेको छ ।
शनिबार कम्पनिको छैठो बार्शिक उत्सवको अवसरमा इटहरीमा बिमा सचेतना र्याली सङै मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको श्रीमती रेवा राईलाई सात लाख चौसट्ठी हजारको चेक हस्तान्तरण गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कोशी प्रदेश प्रमुख राम ब। खत्री लगायत ,धरान , इटहरी , तरहरा, बिराट्चौक र पथरी शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको श्रीमती रेवा राई लाई चेक हस्तान्तरण गरिएको हो ।
भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठूलो राहत पुर्याउने तथा बिमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बिमाले महत्वपूर्ण भूमिका खेल्ने बिषयमा धरान शाखा प्रमुख खगेन्द्र तोलाङ्ग ले बताए ।
सन्सारका सम्पुर्ण भौतिक चिजहरु हामी लाई जुन बेला आवश्यक पर्छ त्यहीबेला किन्न सकिन्छ तर बिमा त्यसतो चिज हो जुन आवश्यक परेको बेला किन्छु भन्दा नपाउन सकिन्छ, त्यसैले आजै बिमा गर्नु पर्ने भन्ने बारे प्रदेश प्रमुख खत्रि ले बताए ।
इटहरी –२० तरहरा निवासी स्व। मेघराज राईले सिटिजन शुभारम्भ बीमा योजनामा आफ्नो श्रीमती रेवा राई लाई हकवाला रहने गरी तिन लाख पचास हजारको १५ वर्षे जीवनबीमा गरि दोश्रो किस्ता बुझाएका थिए । स्व. मेघराज राई आफ्नो कामको शिलशिलामा भारत जाने क्रममा बिराटनगरमा दुर्घटनामा परि भाद्र १९ गते निधन भएको थीयो ।




















