इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हबल्दार विनोद ओझा सहित दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रहरी सहायक हबल्दार ओझाले इटहरी बजार क्षेत्रबाट नक्कली नेपाली नोटको कारोवारमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको लगायतका सफल कार्य गरेको भन्दै सवोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

गत असोज ४ गते इटहरी बजार क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको सुचनाको आधारमा इटहरीबाटै कारोवारमा संलग्नहरु संखुवासभाको पाँचखपन गाउँपालिका वडा नम्बर ५का विवेक राई , संखुवासभाकै मकालु गाउँपालिका वडा नम्बर ५का अजय राईलाई नक्कली १५लाख सतासी हजारको नोट , प्रिन्टर , लयाप्टप सहित पक्राउ गर्न ओझा सफल भएको साथै इटहरीको एक होटलमा जुवा खेलीरहेकाहरुलाई समेत पक्राउ गर्ने कार्यमा पनि ओझा सफल रहेकाले सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाले हस्ताक्षर गरेर सो घोषणा पत्रमा नगरप्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्कीले गत असोज ३० मादक पद्धार्थ सेवन गरि आफनै श्रीमती छविमाया राईको हत्या र जेठीसासु इन्दिराकुमारी राईलाई घाइते वनाउने पिटर राईलाई २४ घण्टा वित्न नपाउदै पक्राउ गर्न सफल भएकाले सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको उल्लेख गरिएको छ ।