सुनसरी । स्थानीय स्तरमै आत्मनिर्भर बनाउने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. ८ ले महिला लक्षित १५ दिने व्याग बनाउने तालिम दिएको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला लक्षित कार्यक्रमको बजेटबाट वडाले आफ्ना वडामा रहेका महिलाहरुलाई १५ दिने तालिम दिएको  हो ।  मुलुकमा संघीयता आएसँगै स्थानीय स्तरको विकासमा स्थानीय सरकार दत्तचित्त भएर लागेको छ । वडावडाबाट स्वरोजगार बनाउने योजना अन्तर्गत प्रत्येक वडाले महिला लक्षित बजेट छुट्याएर विज्ञहरुद्वारा महिलाहरुलाई तालिम दिइने गरिएको छ । महिलाहरुलाई तालिम सिकाएर आत्नर्भिर बनाउने उद्देश्यले व्याग बनाउने तालिम दिएको वडाध्यक्ष धनबहादुर राई बताउछन । उनले महिला लक्षित कार्यक्रमलाई तिब्रता दिँदै भविष्यमा महिलालाई आत्मनिर्भर बनाउने कामलाई तिब्रता दिने बताउदै तालिममात्र हैन महिलाहरु समूह बनाएर वार्डमै केही गर्न चाहनेलाई पहिलो  पटक १५ वटा मेसिन प्रदान गरिने बताए । 

दलित, अल्पसंख्यक तथा गरिब असहाय महिलाहरुलाई आत्मनिर्भर बन्न सहज होस् भन्ने उद्देश्यले व्याग बनाउने तालिम दिइएको हो । निम्न आय भएका दलित, अल्पसंख्यक महिलालाइ आत्मनिर्भर बनाउन राखिएको तालिममा ७ वटा आइटमका व्यागहरु बनाउन सिकाइएको वडा सदस्य एवम् धरान कार्यकालिका सदस्य सावित्री परियारले बताए ।

तालिममा सहभागीहरुले समेत आयस्रो्त पनि नहुने र घरमा व्यहोरोजगार बस्नु पर्ने बाध्यता हटको र तालिमबाट सिकेको कुरा व्यापारमा उतारेर स्वरोजार बन्ने बताका छन् । 

स्थानीय तहबाट पछिल्लो समय महिला लक्षित कार्यक्रमलाई अगाडि सार्दै आएका छन् । यस्ता कार्यक्रम अन्तर्गत दिएका विभिन्न तालिमबाट उनीहरुलाई आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने गर्छ । महिलाहरु आत्मनिर्भर बन्न सकेमात्र समाजमा महिला र पुरुषमा हुने विभेद हटेर जानेछ । महिला लक्षित कार्यक्रमलाई सबै वडाले निरन्तर सञ्चालन गर्न आवश्यक छ ।