इटहरी ।  इटहरी उपमहानगरपालिकाले आज बाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ ।   वैदेशिक रोजगारीमा जान चाहनेहरुको श्रम स्वीकृति इटहरी उपमहानगरपालिकाबाट शुरु भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार  इटहरीले पहिलो पटक श्मेयर हेमकर्ण पौडेलले हाल इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको शुरूवात गर्नुभएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यस अघि  काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको छ । स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, मेयर पौडेलले बताउनु भयो । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले बताएको पहिला पहिला श्रम स्वीकृतिका लागि काठमाण्डौ जानुपथ्र्यो, एजेण्ट लगाउनुपथ्र्यो । पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा खुसी भए राईले भने । मैले पहिलो सुबिधा पाए सारै खुसी लाग्यो राईले भने ।