विनय प्रधान धरान । लामो समयपछि धरान उपहानगरपालिकाको कार्यपालिका बैठक बस्यो । केही एजेण्डामाथि छलफल पनि भयो तर एजेण्डामाथि छलफलभन्दा पनि कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले मेयर साम्पाङलाई आरोप प्रत्यारोप लगाउँदै आक्रमण शैलीमा प्रस्तुत भएका थिए ।

बैठकको शुरुवातमा नै धरान १७ का वडाध्यक्ष एवम् कार्यपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले मेयर साम्पाङ आफ्ना भरौटे, अरौटे कर्मचारी राखेको, धार्मिक सद्भाव भड्किने अवस्था आउँदा समेत त्यसप्रति नगरप्रमुखले गम्भीरता नदेखाएको  लगायतका आरोप मेयर साम्पाङलाई लगाउनु भएको थियो । आक्रमण शैलीमा उत्रिनु भएका प्रवक्ता भट्टराईले धरानबाट जातीय तथा धार्मिक सद्भाव भड्किने अवस्था आयो भनेर सिंगो मुलुकको ध्यान धरानतर्फ केन्द्रित हुदा स्वयम् नगरप्रमुखको ध्यान कतातिर केन्द्रित थियो भन्दै मेयर साम्पाङ समक्ष प्रश्न तेस्र्याउनुभयो । बैठकपछि बोल्दै नगरप्रहरीलाई व्यवस्थापन, खानेपानी बोर्डको दायित्वमाथि छलफल भएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताउनुभयो ।

्बैठकमा २८÷३० एजेण्डा भएपछि १० वटा एजेण्डा महत्वपूर्ण रहेको धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सावित्री परियारले जानकारी दिनुभयो । त्यो मध्ये आधा एजेण्डामाथि छलफल भएको उहाँले बताउनुभयो ।

धरान २० विष्णुपादुकामा सुम्हिाङ र पारुहाङको प्रतिमूर्ति बनाउने कुरामा समेत छलफल भएको धरान २० का वडाध्यक्ष पदमबहादुर लिम्बुले जानकारी दिनुभयो । 

तीनमहिनापछि बल्लतल्ल सामेबार बसेको बैठकमा केही एजेण्डामा प्रवेश गरेपनि एकले अर्कालाई आरोप प्रत्यारोप गरेर स्थगित भएको छ । वैठक पुनः  बुधबार दिनको २ बजे बस्ने भनिए पनि बुधबार बस्ने बैठकमा पनि एजेण्डाले प्रवेश पाउने भन्दा पनि एक अर्कामा आरोप प्रत्यारोप गरेर समय व्यथित हुने सम्भावना देखिएको छ । कार्यपालिका बैठक सौहाद्र्धपूर्ण ढंगबाट नचल्दा धरानको समग्र विकास लगायतका अन्य कार्यहरु प्रभावित बन्न पुगेको छ ।