शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताउनुभएको छ ।सोमवार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताउनु भयो । उहाँले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने बताउनु भयो । उहाँले आम नागरिकको चासो शहरकेन्द्रित हुन थालेको बताउनु भयो ।
मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गर्नुभयो । उहाँले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गर्नुभयो । उहाँले सबैको साझा संकल्प र प्रतिवद्धता हुन नसक्दा यी योजनाहरु कार्यान्वयनमा जान नसकेको बताउनु भयो ।उनु भयो । उहाँले सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको बताउनु भयो । उहाँले शहर व्यवस्थित गर्नका लागि शहरी विकास नीति आवश्यक रहेको बताउनु भयो ।




















