इटहरी । पछिल्लो इन्टरनेटका माध्यमबाट समेत बालबालिकाहरु यौन दुव्र्यवहारमा परेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा बालयौन दुव्र्यवहार न्युनिकरणमा जोड दिदै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । भ्वाइस अफ चिल्ड्रेनले वल्र्ड लिकंसंग समन्वय गरेर बालयौन दुव्र्यवहार न्युनिकरण विषय केन्द्रित इन्टरनेट सेवा प्रदायक संस्थाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रियामा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका इटहरीका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा इन्टरनेटका माध्यमबाट बालबालिकाहरु दुव्र्यवहारमा पर्ने गरेकोमा न्युनिकरणका लागि इन्टरनेट सेवा प्रदायकहरुसंग अन्तरक्रिया गरिएको भ्वाईस अफ चिल्डे«नकी कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी दिइन । 

त्यस्तै अन्तरक्रिया कार्यक्रममा इन्टरनेटबाट बालबालिकाहरु मथि हुने दुव्र्यवहार कसरी न्युनिकरण गर्न सकिन्छ र साइबरक्राइम सेकरेटिबाट र अनलाइन इन्टरनेटको थुरुबाट अरुको पे्रसरबाट गर्न नचाहदा नचाहदै पनि गर्नु परो भने कसरी रोक्न सकिन्छ भन्ने इन्टरनेटसेवाका प्रतिनिधि सुसान बस्नेतले जानकारी दिए । 

भ्वाइस अफ चिल्ड्रेनले बालबालीकाको हक अधिकार प्राप्तीको लागी निरन्तर चेतनामुलक कार्यक्रम र पौरवीहरु गर्दै आएको  परियोजना सहायक प्रकास परियारले जानकारी दिए  । 

कार्यक्रममा सहभागी इन्टरनेट प्रदायकहरुले राज्यले नियन्त्रण गरेका साइडहरु आफुहरुले बन्द गराएको वताएका थिए । कार्यक्रममा अभिभावक , बालबालिकाहरुलाई इन्टरनेटका माध्यमबाट हुने बालयौन दुव्र्यवहारका विषयमा सचेतना कार्यक्रमहरु सञ्चालन गरिनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।