काठमाडौं । नेपालबाट घाँस र राँगाको मासु चीन निर्यात गर्नेबारे सहमति भएको छ । छिमेकी मुलुक चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली चिनियाँ टोलीबीच भएको वार्तामा उक्त सहमति भएको हो । जारी भएको संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख छ । ‘नेपाली घाँस चीन निर्यातको दुबै पक्षले स्वागत गरेका छन् । नेपालबाट राँगाको मासु आयातका लागि चीन सहमत भएको छ । यस्तै नेपालका फलफूल चीन आयातमा पनि प्राविधिक सहयोगका लागि चीनले सहमति जनाएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ । साथै नेपाल र चीनबीच याक तथा च्याङ्ग्राको नश्ल सुधारका लागि सहकार्य गर्ने सहमति भएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।




















