इनरुवा । नजिकी रहेको चौठीचाँद अर्थात चौरचन पर्वलाई लक्षित गरी  कुमालेहरुलाई माटोको भाँडा वनाउन अहिले भ्याईनभ्याई भई रहेको छ । माटोको भाँडामा प्रसादी राखेर  चन्द्रमाको पुजाअर्चना गरिने भएका कारण माटोको भाडाँ वनाउने कुमालेहरुलाई भ्याइनभ्याई भएको हो । चन्द्रमाको विशेष पुजाअर्चना गरिने चौठीचाँदमा माटोको भाँडोमा खिर, दही, फलफूल सहितका प्रसाद सामग्री राखेर चन्द्रामा पुजाअर्चना सहित अर्घ दिएर भदौ चतुर्थीका दिन मनाउने गरिन्छ । तराई मदेशमा विशेष रुपमा धुमधामका साथ  मनाइने चौठीचाँदलाई लक्षित गरी सुनसरीको इनरुवामा माटोका भाँडा वनाउने कुमालेहरुलाई दियो , पुजा सामाग्री तथा प्रसाद राख्ने माटोका भाँडा वनाउने काममा व्यस्त बनेका हुन । इनरुवा नगरपालिका वडा नम्बर २ बिहीबारे हाट पण्डित टोलका माटोका भाँडा बनाउने कुमालेहरुलाई नजिकी रहेको चौठीचाँदका लागि भाँडा वनाउन भ्याइनभ्याई भएको हो । माटोका भाँडा वनाउने काममा व्यस्त भेटिएका इनरुवा २का श्रीराम पण्डित चौठीचाँदलाई लक्षित गरेर दियो , घैला, लौटा लगायतका सामाग्री वनाउदै आएको वताउछन । उनले माटोको काम धेरैले छोडि सकेपनि आफुहरुले भने गर्दै आएको जानकारी गराए । 

चौठीचाँद , तिहार जस्ता चाडपर्वमा माटोका दियो , पुजा सामाग्री राख्ने ,घैला, लौटा लगायतका सामाग्रीहरुको माग वढी हुने गरेको छ । यो समयमा माटोका भाँडा वनाउनेहरुले महिना दिन अघि देखिनै माटो ल्याएर माटाका सामाग्रीहरु वनाउने गर्दछन । विगतमा माटोका भाँडाको धेरै प्रयोग हुने गरेको भएपनि केही वर्ष यता देखि प्लाष्टिक ,स्टिल लगायतका भाँडाहरुले गर्दा माटाको भाँडाहरु यस्तो चाडपर्वहरुमा मात्र माग हुने गरेको कुमालेहरु सुनाउछ । माटाका भाँडा वनाउनेहरुले  चौठीचाँद मात्रै नभएर तिहार  तथा छठ पर्वमा पनि माटोको दियो, चौमुखे दियो, घैला, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले यो समयमा भने माटाका भाँडा बनाउने कुमालेहरु व्यस्त हुने गरेका छन ।