इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको भवन वनाउनका लागि जग्गा उपलव्ध नभएका कारण जीर्ण भौतिक संरचनाबाटै कामकाज हुदै आएको छ । जमिन उपलव्ध नभएका कारण इलाका प्रहरी कार्यालय इटहरीले वि.सं.२०३२ सालकै जीर्ण संरचनालाई मर्मत संभार गरेका कामकाज गर्दै आएको हो । भवन निर्माणका लागि जग्गा उपलव्ध नभएका कारण सरकारकाले उपलव्ध गराएको पुरानै संरचनाबाट काम गरि रहनु परेको अवस्था रहेको इलाका प्रहरी कार्यालयमा हालै सरुवा भएका आएका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले वताएछन । इलाका प्रहरी कार्यालयले लागु औषध नियन्त्रण लगायतका शान्ति सुरक्षा कायम गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने समेत जानकारी गराए । 

लागु औषध नियन्त्रणका लागि प्रहरीले जनचेतना जगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने वोर्डर क्षेत्रबाट ल्याएर लागु औषध पहाडी क्षेत्र तर्फ सम्म पुर्याउने कार्य हुने गरेको सुन्नमा आएकाले नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी खटाउने लगायतका साथै प्रहरीको जिम्मेवारी अनुसारका काम गर्न कुनै कसर बाँकी नराख्ने समेत उनले वताए । इलाका प्रहरी कार्यालय इटहरीमा हालै सरुवा भएका आएका कार्कीले सञ्चारकर्मीहरुसंगको भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुराहरु वताएका हुन ।