इटहरी । जन्मे देखि मृत्यु सम्म नगरवासीसंग सरकारको उपस्थिती भन्ने अभियान सुरु गरेको इटहरी उपमहानगरपालिकाले अब देखि इटहरीवासीलाई लक्षित गरी निशुल्क एम्वुलेन्स र शव वाहन सेवा सञ्चालनमा ल्याएको छ ।

  इटहरीवासीलाई इटहरी अस्पताल सम्म उपचारका लागि ल्याउन र अस्पतालबाट घर सम्म फर्कन एम्वुलेन्स सेवा र मृत्यु भएका नगरवासीलाई घाट सम्म लैजान उपमहानगरपालिकाले निशुल्क एम्वुलेन्स र शव वाहनको व्यवस्था मिलाएको हो । इटहरी अस्पतालले कार्य वीधि अनुसार सञ्चालन गर्ने गरी एम्बुलेन्स र शव वाहन सञ्चालनमा ल्याइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । जन्म देखि मृत्यु सम्म सरकारको उपस्थिती गरीब असहाय , दुखीहरुसंग सरकार जोडिने अभियान अन्तरगतका कामहरु सुरु गरिएको समेत नगरप्रमुख पौडेलले वताए ।

उपमहानगरपालिकावासीले नगरवासीलाई लक्षित गरि स्वास्थ्य , शिक्षा लगायतका अत्यावश्यक कुराहरुमा सहजता प्रदान गर्ने नीति अघि सारेर निशुल्क एम्वुलेन्स र शव वाहन सञ्चालनमा ल्याउने कार्यलाई नगरवासीले समेत प्रशंषा गरेका छन ।