इटहरी । क्युएफएक्स सिनेम्याक्सले काठमाडौं उपत्याका बाहिर पुर्वी नेपालको व्यवसायिक हबका रुपमा विकसीत बनी रहेको सुनसरीको इटहरीलाई रोजेको छ । आरएस सिनेफ्लेक्ससंग सहकार्य गरे क्युएफएक्स सिनेम्याक्से इटहरीमा रहेको सेन्ट्रल प्लाजामा दुई वटा पर्दा सहित आरमदायी सिट अत्याधुनिक साउण्ड सिस्टम लगायतका सुविधा सहित सिनेमा हल सञ्चालनमा ल्याइएको हो ।  सिनेमाका पारखीहरुका लागि अत्याधुनिक प्रविधी , भौतिक पूर्वाधार लगायतका ध्यान दिएर सञ्चालनमा ल्याएको क्युएफएक्स सिनेम्याक्सलाई दर्शकहरुले रुचाउने श्रेष्ठ इन्तरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रालिका सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए ।

  श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रालिको लगानीमा सञ्चालित हलमा सिनेमा हेर्न खल्ती एप बाट पनि टिकेट काट्न सक्ने छन भने नयाँ नेपाली , हिन्दी र अंग्रेजी सिनेमा छनौट गर्न पाउनेछन ।