नारायणगढ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नारायणगढ क्षेत्रीय कार्यालयमा सात दिवसिय योग  कार्यक्रम सञ्चालन भईरहेको छ ।

  आगामी भाद्र  २ गतेसम्म सञ्चालन हुने योग कार्यक्रममा  तीन सय बढीको सहभागिता सञ्चालन भई रहेको हो ।

केन्द्रमा आवद्ध नियमित राजयोगिहरुकालागि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ईश्वरीय विद्यालयको अन्र्तराष्ट्रिय मुख्यालय भारतको विश्वविद्यालय हेडक्वाटर मधुवन राजस्तानबाट आएका देवेन्द्र भाईजि र सुसिल भाईजिले ज्ञान र योगका विषयमा सहजिकरण गरिरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नारायणगढ क्षेत्रीय कार्यालयका  अर्जुन भाईले जानकारी दिए ।WhatsApp Image 2023-08-15 at 18.45.10

उक्त योग कार्यक्रममा मेडिटेसनको माध्यमबाट आध्यात्मिक शत्ति ग्रहण गरेर ती कमजोरहिरुलाई त्याग गर्न सकिने समेत भएकाले सहभागी भएको  सहभागिहरु वताउछन ।

योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्दै आएको वह्माकुमारी राजयोग सेवा केन्द्रहरुले योग र ध्यान शिविर सञ्चालन गर्ने गरेका छन । 

WhatsApp Image 2023-08-15 at 18.45.13