लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो । साेमवार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहा बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।




















