इटहरी । इटहरी उपमहानगरपालिकाले कर बढाएको भनेर सामाजिक सञ्जालबाट आलोचना बढी रहेको समयमा नगरप्रमुख हेमकर्ण पौडेल इटहरी उपमहानगरपालिकाले कुनै पनि किसिमका कर नबढाएको स्पष्ट पारेका छन ।नगरप्रमुख पौडेलले केन्द्रीय जग्गाको मुल्याँकन बढाएपछि एकीकृत सम्पती कर बढेको भएपनि सो विषयको जानकारी नभएकाहरुले उपमहानगरपालिकाले कर बढाएको भनेर हल्ला चलाएको गुनासो गरेका हुन ।
इटहरी उपमहानगरपालिकाले ३२३ प्रतिशतले कर बढाएको भनेर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ




















