सुनसरी । एकल महिलाको कथावस्तसुमा आधारित नेपाली चलचित्र बगान इनरुवा नगरपालिकाको वडा नम्बर ५ले वडामा रहेका एकल महिलाहरुलाई लक्षित गरि निशुल्क रुपमा देखाएको छ । चलचित्रका निर्देशक सरोज खनालसंग समन्वय गरेर वडामा रहेका एकल महिलाहरुलाई चलचित्र निशुल्क रुपमा देखाइएको वडाध्यक्ष अनिल पोखरेलले जानकारी दिए ।इनरुवाको सिबी फिल्समा एकल महिलाहरुलाई वडाको संयोजनमा बगान देखाइएको हो । एकल महिलाहरुको सम्मानका लागि एकल महिलाको कथामा आधारित चलचित्र वडाले  देखाएको समेत वताइयो । चलचित्र हेर्न आएकाहरुले एकल महिलाहरुले चलचित्रले मन छोएको प्रतिक्रिया दिएका थिए ।