पाँचथर/ किसानलाई अनुदानमा बेसारको विउ उपलव्ध गराउने भनेर ल्याएपनि वितरण नगरिदा बोरामै उमिएर विग्रन लागेको विषय सप्तकोशी टेलिभिजनले सार्वजनिक गरेपछि पाँचथरको कुम्मायक गाउँपालिकाले आफैले रोपेको छ ।
अनुदानमा किसानलाई बितरण गर्न खरिद गरेको बेसारको बिउ बिग्रने अवस्थामा पुगेको सञ्चार माध्यमहरुले सार्वजनिक गरेपनि जनप्रतिनिधि, कर्मचारी स्थानीयको पहलमा गाउँपालिका आफैले रोपिएको हो । बेसारको बिउ बोरामै उम्रिएको बिषय सप्तकोशी टेलिभिजनले समाचार प्रसारण गरेपछि गाउँपालिकाले वडा नम्बर ३ को हात्तिपोखरीमा बेसारको बिउ रोपेको छ । आर्थिक वर्ष २०७९/०८० को ३ लाख ४० हजार ४० रुपैयाँमा खरिद गरेको १ सय २० मन बेसार मध्ये ३५ बोरा बेसारको बिउ बोरामै उम्रिए बिग्रने अवस्थामा पुगेको थियो । गाउँपालिकाले सो ३५ बोरा बेसारको बिउ आफैले रोपेको हो । किसानहरुले गाउँपालिकाले अनुदानमा उपलव्ध गराउने भनेर ल्याएको बेसारको विउ नलगेपछि यस अघि पनि बेसारको गाँउपालिका आफैले रोपेको थियो । बाँकी रहेर बोरामै विग्रन लागेको ३५ बोरा बेसारको बिउ पनि सोही स्थानमा गाउँपालिकाले रोपेको छ । गाउँपालिकाले स्थानीयको जग्गा भाडामा लिएर बेसार रोपेको जनाएको र बेसार रोप्ने सिजन भन्दा केही ढिलाभए पनि वहुबर्षे बाली भएकाले असर नगर्ने गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले वताए ।
गाउँपालिकाले वडा नम्बर ३ को हात्तिपोखरीमा स्थानीयको २० रोपनी बाँझो जमिन भाडामा लिए बेसार रोपेको छ । बार्षिक १० हजार जग्गाधनीलाई उपलब्ध गराएर सो जग्गामा बेसार रोपेको हो । २० रोपनी क्षेत्रफलमा नआटेको बेसारको बिउ अन्य खाली जग्गामा रोपेको गाउँपालिकाले जनाएको छ ।




















