बीराटनगर। हरेक क्षेत्र र काममा  स्वार्थको द्धन्द्ध जोडिएका कारण विकास साथै अन्य कार्यमा बाधा आएको एक कार्यक्रमका सहभागिहरुले वताएका छन् ।

आइतवार विराटनगरमा नेपाल पोलिसि इन्स्टिच्युटले आयोजना गरेको अन्तकृया कार्यक्रममा बोल्दै सहभागिहरुले स्थानिय निकायमा सवै भन्दा बढीनै भ्रष्टचार हुने गरेको बताए । उनिहरुले जनप्रतिनिधीहरुले काम दिदा ठेक्का लगाउदा या जुन सुकै कार्य गर्दा पनि आप्ना र आफन्त पोष्ने भएकाले पारदर्षिता नभएको गुनासो गरेका छन् । सो इन्स्टिच्युटले नेपालमा काकर्यकारी तहमा हुने स्वार्थको द्धन्द्धको विषयलाई लिएर अनुसन्धानात्मक खोज गरिरहेका बताएको छ । सोही अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधीहरुसंग सुझाव संकलन समेत गरेको थियो । स्थानिय तहमा नै नीतिगत भ्रष्टाचारका कारण आप्mना र आफन्त पाल्ने जस्ता काम भएको सहभागिहरुको भनाइ छ । स्वार्थको द्धन्द्ध चुनावको समय देखिनै सुरु हुने सहभागिहरुले बताए । उनिहरुले आप्mना र हाम्रालाई प्रसय दिने चुनावमा पनि पैसाको भरमा टिकट दिने देखि कर्मचारी सरुवा बढुवा सम्म पैसाका भरमा हुने गरेकाले यस्तो भ्रष्टाचार रोक्नु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा विराटनगरका विभन्न संघसंस्थाका प्रतिनिधीहरु, मानव अधिकारवादी,र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।