पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४१आंै स्मृति दिवस नेपाली काँग्रेस सुनसरीले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
नेपाली काँग्रेस सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी ४१औं बीपी स्मृति दिवसका विषयमा जानकारी गराएको हो । पार्टी कार्यालय इनरुवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी सभापति केदार भण्डारी बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जिल्ला कार्य समितिको आयोजनामा विरामीलाई फलफूल वितरण, वृक्षारोपण , बीपी कोइरालाको पूर्णकदको शालिकको अनावरण तथा जिल्ला भेला आयोजना गरिने जानकारी दिए । उनले बीपीको शालिक केन्द्रीय सभापति शेरवहादुर देउवाले गर्ने तथा पार्टीले अयोजना गर्ने कार्यक्रममा बरिष्ठ नेता डा.शेखर कोइराला लगायतका नेताहरुको सहभागिता हुने समेत वताए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य , पुर्व मन्त्री सिताराम मेहता , उपसभापति पंकज महतो लगायतका नेताहरुको सहभागिता रहेको थियो ।




















