राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक ल्याउन नचाहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विधेयक कार्यसूचीमा नआएकोप्रति आपत्ति जनाए । अर्को बैठकमा पनि यो विधेयक नआए सदन चल्न नदिने चेतावनी दिए ।

उनले मिटरब्याजसम्बन्धी विधेयक चर्चा चलाएको तर प्रतिपक्षहरुको कारणले पारित हुन सकेन भन्ने भाष्य खडा गर्न खोजिएको बताएका छन् । उनले आज मिटरब्याजसम्बन्धी बिषय कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो?भनेर प्रश्न समेत गरेका छन् ।