गए राती देखिको अविरल वर्षाका कारण पूर्वी तराईका जिल्लाहरु जलमग्न बन्न पुगेका छन । राती देखि विहान सम्मको निरन्तरको वर्षाका कारण खोलाहरुमा पानी बढेको छ भने पूर्वी तराईका विभिन्न जिल्लाका मानव बस्ती जलमग्न बन्न पुगेका हुन । पानीको निकास नभएका कारण धेरै ठाउँहरुमा पानी बस्तीमा जम्न पुगेको देखिन्छ । कतिपय स्थानमा बाटो भन्दा माथि पानीको सहत पुगेको बगेका छन भने कतिपय स्थानमा पानी जमेको छ । बाढी तथा डुवानका कारण सुनसरीका इटहरी उपमहानगरपालिका , इनरुवा नगरपालिका , बराहक्षेत्र नगरपालिका लगायतका ठाउँहरुका जनजीवन कस्टकर बन्न पुगेको छ । गा्रमीण क्षेत्रहरुका कच्ची सडक भएको स्थानहरुमा सहज रुपमा सवारी सञ्चालन गर्न सक्ने अवस्था नभएका कारण सुनसरीको इनरुवाका कतिपय विद्यालयहरुको पठनपाठन हुन सकेन त्यसै गरी इटहरी उपमहानगरपालिकाले प्रतिकुल मौषमले गर्दा विद्यालय सञ्चालन गर्न कठिनाइ हुने जनाउदै नगरक्षेत्रका विद्यालय विदा दिएको छ । अविरल वर्षाका कारण सुनसरीका विभिन्न ठाउँका लगाइएका तरकारी वालीलाई समेत क्षति पुर्याएको छ । जलमग्न भएका स्थानमा स्थानीय पालिका प्रमुखहरु सहित स्थानीय प्रशासनको सहयोगमा पानीको निकास खोल्ने कामहरु समेत गरिएको छ ।




















