नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको सरकार गठनमा सभामुखलाई सामेल गराउनु गलत भएको बताएका छन् । शुक्रबार विराटनगरमा संचारकर्मीह्रु संग कुरा गर्दै नेता कोइरालाले संविधान र संसदीय मूल्य मान्यता विपरित सभामुखलाई प्रयोग गरेर कोशी प्रदेशमा सरकार गठन हुनु गलत भएको बताए । उनले संसदीय मूल्य मान्यता र अभ्यास विपरित भएको यस्तो कार्यले भविष्यमा अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने भएकाले अब अदालतले नै सच्याउने धारणा राखे । उनले अव हुने अदालतको निर्णयलाई मान्नु पर्ने बताए । उनले एमाले निकासका लागि अदालत गएको र अदालतले गलत परम्परालाई सच्याउने विश्वास रहेको बताए । उनले प्रधानमंत्री पुष्पकमल दाहालको सरकार निर्माणका लागि दिल्ली जानुपर्ने भनाईले नेपाली जनता र संसदको गरिमालाई ठेस पु¥याएको बताए । धानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति गलत भएको बताएका छन् ।

उनले भ्रष्टाचारमुक्त समाज बनाउन नसकिए पार्टी मात्र नभई मुलुक नै समस्यामा पर्ने बताए ।