इटहरी । इटहरी उपमहानगरपालिकाले  अवैद्य रुपमा आफनो सिमा क्षेत्रमा धरान उपमहानगरपालिकाले  सिमा बोड राखेको भन्दै हटाइ दिएको छ ।  धरान उपमहानगरपालिकाले तरहराको पानीपिया क्षेत्रमा आज विहान राखेको सिमा प्रारम्भ भन्ने बोड इटहरी उपमहानगरपालिकाले हटाएको हो ।  विगत देखि नै धरान र इटहरीको सिमा सेउती खोलालाई मानिदै आएको र सोही अन्तरगत रहदै आएकोमा धरानका नगरप्रमुखले आफु खुशी सिमाको बोड राखेपछि छलफल र सम्वाद गर्ने इटहरीका नगरप्रमुखले आग्रह गर्दै आएपनि छलफल र सम्वादमा नआएकाले बोड हटाइएको इटहरी उपमहानगरपालिका प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।00264.MTS.00_00_35_13.Still003 खड्काले धरानका नगरप्रमुखलाई इटहरीका नगरप्रमुखले सिमाको विषय लिएर संगै केन्द्र जान आग्रह समेत गरेको भएपनि नमान्ने तर पटकपटक इटहरी क्षेत्रमा बोड राख्ने काम गरेकाले हटाउनु परेको वताए ।धरान उपमहानगरपालिकाले राखेको वोड हटाउने कार्यमा इटहरीका जनप्रतिनिधि सहित कर्मचारी नगरप्रहरीहरु पुगेको थिए । वोड हटाउने कार्यका लागि पुगेको इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणीराम श्रेष्ठ पनि पटकपटक वार्ता र छलफलबाट सिमा विवाद मिलाउन आग्रह गर्दा समेत धरानका प्रमुख वार्ता र छलफलमा नआएर विवाद वढाउन काम गरेको वताछन ।00264.MTS.00_00_33_20.Still005 त्यसै गरी इटहरी वडा नम्बर २०कै वडा सदस्य तनुज गुरुङ आफना बाउबाजेको पाला देखि नै सेउतीलाई धरान र इटहरीको सिमा मानिदै आएकोमा अहिले विवाद गरिनु नहुने भन्दै विवाद गर्ने काम धरानले गरेको भन्दै आक्रोश पोख्छन । इटहरीका नगरप्रमुखले पत्रचार , सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुबाट सिमा विवाद वार्ता र सम्वादबाट समाधान गर्न आग्रह गर्दै आएको समेत गुरुङले जानकारी दिए । केही महिना पहिले पनि धरान उपमहानगरपालिकाले यही क्षेत्रमा सिमाका बोड राखेको थियो तर युवा संघका  युवाहरुले सो वोड हटाइदिएका थिए ।00264.MTS.00_00_33_12.Still004