झापा मा आज बिहान जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहकोको मृत्यु भएको छ ।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए।सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
झापामा जंगली हात्तिले बेला बेलामा दुख भने दिरहन्छ ६ दिनअघि पनि जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।




















