बराहक्षेत्र नगरपालिका र कोशी प्रदेश सरकार को साझेदारीमा बराहक्षेत्र १० दाजुभाई चौकदेखि वेलगाछी सडक खण्डबाटोमा कालो पत्रे गरीएको नगर प्रमूख रमेश कार्कीले जानकारी दिए । उनले शनिवार दिउँसो कालोपत्रे गरिएको स्थानमा प्राविधिकसहितको टोलिसँग कामको निगारानी गरेका थिए ।
मेयर रमेश कार्की र बराहक्षेत्र १० का वडाध्याक्ष तेजबहादुर गुरूङ पुगेपछि दाजुभाइ चोकदेखि भोक्राहानरसिंह सीमासम्म १४ सय ३० मिटर कालोपत्रेको काम शनिवार दिउसो अगाडि बढाइएको थियो । जनप्रतिनिधिको प्रयक्ष निगारानीमा काम सुरु भएपछि स्थनीयहरु समेत बाटो मजबुत बन्नेमा खुसी देखिएका छन् ।
बराहक्षेत्र नगरकोे धेरै बाटोहरु स्तर उन्नती र कालो पत्रेको काम भएको छ । ५ वर्ष भित्रमा नगर क्षेत्रमै धुलोमुक्त सडक बनाउने अभियानमा हामी लागेका छौँ’ नगर प्रमुख रमेश कार्कीले जनाए ।
१ करोड १६ लाखको ठेक्का पारेर काम थालेको बिन्दाबासिनी कन्स्ट्रक्सनले १४ सय ३० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बाटोको ४८ सेमी मोटो कालो पत्रे गर्ने गरी काम भइहेकोे वडाध्याक्ष तेजबहादु गुरुङले बताए ।




















