इटहरी । सुनसरीको इटहरीमा प्रदेश स्तरीय मल्टीमिडिया र पत्रकारिता विषयक अभिमुखीकरण गोष्ठी आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश समितिको आयोजना र इटहरी उपमहानगरपालीकाको सहयोगमा दुइ दिने अभिमुखीकरण गोष्ठी आयोजना गरिएको हो ।

 बैसाख ३० देखी ३१ गतेसम्म सञ्चालन भइरहेको उक्त गोष्ठीमा पत्रकारितामा नँया प्रविधीको प्रयोगबारे प्रशिक्षण सम्बन्धित सहजिकरण गरिएको छ । फोनिज प्रदेश समिती अध्यक्ष सन्तविर लामाको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका कार्यवाहक नगर प्रमुख दिवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरणमा अक्षर र भिडियोको माध्यमबाट गरिने पत्रकारिताका विषयहरु रिपोर्टीङ र प्रस्तुतिकरणको शैलीहरु, ,इन्टरनेटमा सुचना कसरी खोज्ने लगायतका विषयमा सहजिकरण गराएका थिए ।  WhatsApp Image 2023-05-13 at 18.46.14

यस्तै भिडियो र अडियो सामाग्री तयार गर्ने सजिलो सफ्टवेयरबारे जानकारी,सामाजिक सञ्जाल र युट्युवहरुमा लाइभ गर्ने लगायतका विषयमा जानकारी गराएको छ  । WhatsApp Image 2023-05-13 at 18.46.15

सुप्रिया राईको संयोजकत्वमा सञ्चालन भइरहेको तालिममा सुनसरी,मोरङ,झापा,धनकुटा लगायतका जिल्लाका ३० जनाभन्दा बढी आदिवासी जनजाती पत्रकारहरुको सहभागीता रहेको छ ।