इटहरी । यस वर्षको दशैंको अवसर पारेर इटहरीमा सबैभन्दा धेरै भात खाने प्रतियोगिता आयोजना हुने भएको छ।

इटहरी–५पचरुकीमा सञ्चालित सेतो दरबार ले दशैंलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। नेपाली खानाको संस्कृति र परम्परालाई मनोरञ्जनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागीहरूले तोकिएको समयमा सबैभन्दा धेरै भात खानुपर्नेछ। प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा धेरै भात खाने प्रतियोगीलाई विजेता घोषणा गरिने आयोजकले जनाएको छ।

दशैंको अवसरमा परिवार तथा साथीभाइसँग रमाइलो गर्दै नेपाली खानाको मौलिकता र भात खाने परम्परालाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सेतो दरबारले जनाएको छ।

प्रतियोगिताको मिति, समय, सहभागी हुने प्रक्रिया तथा पुरस्कारलगायतका थप विवरण सेतो दरबारले सार्वजनिक गर्ने जनाएको छ।

इटहरीमा पहिलोपटक फरक र मनोरञ्जनात्मक ढंगले आयोजना गर्न लागिएको यस प्रतियोगिताले दशैंको समयमा स्थानीय तथा आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।