इटहरी । नेपाली फिल्ममा एक्सन र मास मनोरञ्जनको नयाँ स्वाद पस्कने तयारीमा रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण, निर्देशन तथा मुख्य भूमिकामा निखिल उप्रेती रहेको फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलरले एक्सन, द्वन्द्व र बदलाको कथालाई केन्द्रमा राखेको संकेत गरेको छ।

Screenshot 2026-09-20 at 9.14.46 AM

शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक ट्रेलरमा तीव्र एक्सन सिक्वेन्स, भव्य दृश्य र आकर्षक द्वन्द्वलाई प्राथमिकता दिइएको देखिन्छ।

ट्रेलरमा रहेका “तू तबाही है, मैं विनाशक हूँ”“नो रिभाइभ, नो अन, सिर्फ एक्सन” जस्ता संवादले फिल्मको कथा आक्रामक द्वन्द्व र प्रतिशोधको यात्रातर्फ केन्द्रित रहेको झल्काउँछ।

निखिल उप्रेतीले आफ्नो अघिल्लो फिल्म ‘भैरव’मा प्रस्तुत गरेको एक्सन अवतारलाई ‘आचार्य’मा थप फराकिलो बनाएका छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले सीमित नेपाली बजेट र स्वदेशी जनशक्तिबाट पनि अन्तर्राष्ट्रिय स्तरको एक्सन फिल्म निर्माण गर्न सकिने बताए।

Screenshot 2026-09-20 at 9.14.28 AM

‘आचार्य’मा नेपाली कलाकारसँगै दक्षिण भारतीय र बलिउड क्षेत्रका कलाकारलाई समेत समेटिएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार रघु बाबूरघु करुमन्चीको विशेष अभिनय रहेको छ।

त्यस्तै, बलिउड कलाकार दीपराज राणासँगै नेपाली कलाकारहरू प्रमोद अग्रहरी, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला र जेसिका पोखरेललगायतको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।

फिल्ममार्फत पूर्णिका सिजापतीसजिना श्रेष्ठले नेपाली फिल्म क्षेत्रमा नायिकाका रूपमा डेब्यु गर्दैछन्।

Screenshot 2026-09-20 at 9.15.21 AM

उनका अनुसार नेपाली दर्शकलाई आफ्नै मौलिक सामग्रीमार्फत उच्चस्तरको मनोरञ्जन दिन सकिए नेपाली फिल्मको बजार विस्तार गर्न सकिनेछ। उनले ‘आचार्य’मा कथा, एक्सन र प्रस्तुतिका हिसाबले दर्शकले नयाँपन पाउने दाबीसमेत गरे।

अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता

एक्सनदेखि प्राविधिक पक्षसम्म बलियो टिम

फिल्मको द्वन्द्व निर्देशन शुक्रराज शाहले गरेका हुन्। छायांकनतर्फ सौरभ लामा, मनु विक र नवराज थापा रहेका छन्। फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् भने ट्रेलर तथा टिजरको सम्पादन सन्देश शाहले गरेका छन्।

निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा बनेको ‘आचार्य’ असोज ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

नेपालमा फिल्मको वितरण मनोज राठीले गर्नेछन् भने विदेशमा प्रदर्शनको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हाल्नेछ।

ट्रेलरले देखाएको एक्सन र भव्य प्रस्तुतिले ‘आचार्य’लाई नेपाली एक्सन फिल्मको बजारमा नयाँ किसिमको प्रयोगका रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको अपेक्षा छ।