इटहरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामांकरणको विरोध गर्नेहरुलाई पार्टी दर्ता गरेर दुई तिहाई पुर्याएर  संविधान संशोधन गरी नाम परिर्वतन गर्न आग्रह गरेका छन ।

  सुनसरीको इटहरीमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु भएको नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमका प्रमुख अतिथी मन्त्री राजभण्डारीले दुई तिहाई संसद पुर्याएर संविधान संशोधन गरेर नाम परिर्वतन गरे आफुहरुलाई मान्य हुने वताएका हुन ।

मन्त्री राजभण्डारीले चार दिन सम्म सञ्चालन हुने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रममा सहभागी युवाहरुले धेरै राम्रो कुरा सिक्ने वताउदै संविधानले दिएका अधिकारहरु पुर्णरुपमा प्रयोग गर्ने कुराहरु सिकेर आफनो ठाउँमा समेत सिकाउन सक्ने वन्ने समेत विश्वास गरे ।IMG_20230512_110701

चार दिन सम्म सञ्चालन हुने नमुना युवा प्रदेश सभा अभ्यासमा प्रशिक्षण , जिम्मेवारी हेरफेर , विषयगत सत्र , प्रदेश सभामा पालन गर्नु पर्ने आधारभुत नीति नियम , युवा ,जीवन र मार्गदर्शन ,लोकतन्त्र र लोकतान्त्रिक संस्कृति , राष्ट्रिय युवा नीति २०७२ लगायतका विषयमा जानकारी गराए । IMG_20230512_110644नमुना युवा प्रदेश सभा वनाएर प्रदेश सभाको हुने मन्त्री मण्डल , प्रमुख प्रतिपक्षि , अन्य विपक्षी लगायतको सहभागितामा संसद सञ्चालन गरी समापन हुने छ ।

  नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ जना युवाहरुको सहभागिता रहेको छ ।