इटहरी । एकल महिला तथा अपाङ्ग,असहाय ,अशक्त साथै अनाथ बालबालिकाको संरक्षण गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर ४मा श्रीमद्भागत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
हिन्दु धर्म जागरण ताथ साहारा विहिन मानवहरुको संरक्षणार्थ भवन निर्माण गर्ने उद्धेश्यले महिला तथा बालबालिका उत्थान केन्द्रको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । 
उत्थान केन्दले महायज्ञबाट संकलन भएको रकमबाट सहारा विहीन मानवहरुको संरक्षण तथा समस्यामा परेका एकल महिलाहरुको क्षमता बिकाश हुने तालिम दिने ब्यवसायीक बनाउने लगायतका कामहरु गर्ने र भवन निर्माण गर्ने उद्धश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको आयोजक सिता रसाईलीले जानकारी दिइन् ।
यही बैशाख २३ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पण्डित रामहरि अधिकारीले कथा वाचन तथा पण्डित प्रदिप अधिकारीले पाठपरायण गर्ने यही बैशाख ३० गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिए ।




















