धनकुटा । सिपका माध्यमबाट महिला सशक्तिकरणमा जोड दिदै धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर  ८मा कपडाबाट गमला र गलैचा वनाउने तालिम सुरु भएको छ ।   

 तालिमको महालक्ष्मी नगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रामबहादुर खड्काले उदघाटन गरेका हुन ।

  महालक्ष्मी नगरपालिका वडा नम्बर ८को आर्थिक सहयोग तथा न्यु कुसुम सीप विकास प्रशिक्षण केन्द्र धनकुटाको आयोजनामा सञ्चालित तामिलमा १२ जना सोही वडाका महिलाहरुको सहभागिता रहेको  छ ।vlcsnap-2023-04-24-17h36m42s507

  पुराना कपडाहरु प्रयोग गरेर स्थानीय स्तरमै  उपलब्ध श्रोत र साधनको उपयोग गरि सजासजावटका सामाग्री साथै गलैचा वनाउने कार्यमा महिलाहरुलाई तालिम दिइरहेको तालिममा आयोजक संस्थाकी कार्यक्रम संयोजक कोकिला भण्डारी र केन्द्रका अध्यक्ष कुसुम राना लगायतले शहजिकरण गरिरहेका छन । सिप सिकेर महिलाहरु आफैले आम्दानीको स्रोत वनाउन सकुन भन्ने उद्धेश्य राखिएको  तालिममा गमला, गलैचा, कुसन, फुलदानी, चकटी बनाउने विषय सिकाइरहेको छ ।