इटहरी । ट्रक व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्दै आएको कोशी ट्रक व्यवसायी संघ इटहरीको १७ औं अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजना भएको सफत तथा पदस्थापन कार्यक्रममा १७ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष विद्यापति उपाध्याय लगायतका नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपमहासचिव मेघराज सिग्देलको प्रमुख आतिथ्यमा भएको पदस्थापना कार्यक्रममा संघको अधिवेशनबाट सर्वसम्मत चयन भएका वरिष्ठ उपाध्यक्ष ईश्वर भट्टराइ, उपाध्यक्ष गणेश श्रेष्ठ,महासचिव हिम प्रसाद फुयल,सचिव जिवन अधिकारी र कोषाध्यक्ष भोला प्रसाद निरौलालाई ।
त्यसै गरी सदस्यहरु अरुण कुमार झा,राजकुमार खड्का, ओमनाथ सेडाई,श्रवण कुमार खवास, रमेश दाहाल ,तिर्थराज खड्का, कमल भट्टराइले आफनो पदभार ग्रहण गरेका हुन । यही बैशाख ५ गते सम्पन्न अधिवेशनवाट सर्वसम्मत चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका किशोर भण्डारीले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल ढुवानी व्यवसायी महासंका पुर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जन, इटहरी ढुवानी एजेण्ट व्यवसायी संघका अध्यक्ष चितनारायण चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















