इटहरी । पछिल्लो समयमा अनलाईनको प्रयोग वढेसंगै अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार समेत वढी रहेका छन । त्यसैलाई मध्यनजर गर्दै भ्वाईस अफ चिल्डेनले  इटहरीमा बालबालिकाहरुको सहभागितामा वालयौन दुव्यवहार न्युनिकरणका विषय केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

  यही क्रममा भ्वाईस अफ चिल्ड्रेनले साथी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

 अभिमुखिकरण कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनमा आवद्ध साथी शिक्षक  वालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार , कस्ता कस्ता अनलाईनसंग जोडिने सामाजिक सञ्जालबाट वालयौन दुव्र्यवहार हुन्छ कसरी त्यसबाट बालबालिकालाई जोगाउने लगायतका विषयहरु समावेश गरेर सहजिकरण गर्न गरिन्छ । IMG_20230422_144728साथी शिक्षक बालबालिकाहरुलाई अन्लाईनका माध्यमबाट हुने वालयौन दुव्यवहारबाट बच्ने विषयहरु जानकारी गराईने र साथी शिक्षक बालवालिकाहरुले जोखिममा पर्न सक्ने बालवबालिकाहरु सो विषयमा जानकारी गराएर सचेत वनाउने काम गर्ने भ्वाइस अफ चिल्डे«नकी साइवर सेफ्टी प्रोग्रामकी प्रोगा्रम अफिसर लिला भुजेल वताउछिन ।

अभिमुखिकरण कार्यक्रमम सहभागी साथी शिक्षक वालबालिकाहरु पनि आफुहरुले सिकेको कुराहरु वडा वाल संञ्जाल, वाल क्लव ,समाज , विद्यालयहरुमा पुगेको सहजिकरण गर्दै बालयौन दुव्र्यवहार न्युनिकरणका लागि सहजिकरण गर्ने वताउछन ।

अभिमुखिकरण कार्यक्रममा सुनसरीका इटहरी उपमहानगरपालिका , देवानगंज गाउँपालिका र वढी गाउँपालिकाबाट सहभागी भएका १७ जना साथी शिक्षकहरुको सहभागिता रहेको छ ।