इटहरी । इटहरी ३ मा रहेको सनराइज इङलिश बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच विद्यालय मेलाको आयोजना गरेको छ ।

 विद्यालयका संचालक बाबुराम नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा विद्यार्थीहरुले आफ्नै लगानीमा खानाका परिकार,विज्ञान प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले पुजाका सामाग्री,नाङलो,टपरी,चटपटे,पानीपुरी लगायत हात बाट निर्मित अन्य सामाग्रीहरु राखी बिक्री वितरण गरिएको थियो । 

मानव शरिर,कृतीम श्वास प्रसास प्रणाली,विजुलीबाट सञ्चालन हुने अन्य विविध सामाग्री राखिएको थियो । 

विद्यार्थीहरुमा आत्मविश्वास बढाउन,प्रयोगात्मक शिक्षामा जोड दिने उद्धेश्यले विद्यालयमा मेला आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक  लक्ष्मी लिम्बुले बताइन । IMG_20230422_112316

उनले विद्यार्थीहरुले अभिभावकको लगानी बुझी दक्षता र क्षमता अभिबृदी   गर्न सकुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । 

सोही कार्यक्रममा बोल्दै प्रमुख अतीथी हेमकर्ण पौडेलले शिक्षाको बिकासबिना देशको बिकास नहुने भन्दै चेतनशील र शिक्षित जनशक्तीले नै देशको नेतृत्वगर्नसक्ने बताएका छन ।IMG_20230422_113603

 उनले सामुदायीक र संस्थागत विद्यालय बिचको द्धन्द अन्त्य इटहरी उपमहानगरपालीका प्रयासरत रहेको बताएका छन । 

सो अवसरमा निःसहाय बाल सेवा आश्रमकी सञ्चालिका गीता गौतमलाइ विद्यालयले नगद सहित सम्मान गर्नुका साथै निःसहाय बाल सेवा आश्रमकी एक छात्रालाइ कक्षा १० सम्मको अध्ययनका लागी आवश्यक अध्ययन सामाग्रीको उपलब्धता सहितको छात्रवृती प्रदान गर्ने विद्यालयले घोषणा गरेको छ । IMG_20230422_115138

कार्यक्रमका बिच विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरुले विभीन्न भेषभुषका पोशाकमा सजिएर सांस्कृतीक प्रस्तुती दिनुका साथै गायन,कविता लगायत प्रस्तुत गरेका थिए ।