इटहरी ।  इटहरी उपमहानगरपालिका क्षेत्रमा सरसफाईका साथै वृक्षारोपण कार्यमा अग्रस्थानमा रहेको वुल्स एलेभेन क्लव इटहरीको सक्रियतामा कोशी राजमार्ग अन्तरगत तरहरा खण्डमा वृक्षारोपण गरिएको छ ।

  आपगाछी युवा क्लव र वुल्स एलेभेन क्लवले राजमार्ग क्षेत्रमा वृक्षारोपण र फुल लगाउन छोडिएको क्षेत्रमा वृक्षारोपण सहित फुल लगाएको हो ।IMG_20230422_202141 रानी किमाथांका त्रिदेशिय व्यापारीक सडक विस्तार कार्य अन्तरगत सडक फराकिलो वनाइएपछि वृक्षारोपण र फुलवारीका लागि छोडिएको ठाँउमा वृक्षारोपण सहित त्यस क्षेत्रमा सरसफाई गरिएको वुल्स एलेभनका उपाध्यक्ष रामु राईले जानकारी दिए ।FB_IMG_1682174144110

वुल्स एलेभेनले इटहरीमा सरसफाईको क्षेत्रमा छुट्टै पहिचान वनाइसकेको छ भने अन्य सामाजिक कार्यमा पनि उक्तिकै योगदान गर्दै आएको छ ।IMG_20230422_202141