धनकुटा । विपन्न परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले खाद्यान्न सहयोग गरेको छ ।

   धनशोभा राईको नवौं स्मृति दिवसका अवसर पारेर  विपन्न परिवारका असाय, एकल महिला, दलित, फकर क्षमता भएकाहरुलाई चामल , दाल , तेल ,चीनी ,चियापत्ति  ,मसला , नुन लगायतका खाध्यान्न सामाग्री सहयोग गरिएको हो ।

   धनकुटा नगरपालिका वडा नम्बर ३,४ , ५,६ ,७ र ८का विपन्न परिवारलाई राहत वितरण गरिएका केन्द्रका सचिव चन्द कुमार राईले जानकारी दिए । WhatsApp Image 2023-04-21 at 14.33.56

धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्य तथा  संस्थाका कुमारी राईको अध्यक्षता राहत वितरण कार्यक्रम आयोजना गरिएको  केन्द्रकी अध्यक्ष विष्णुमाया कन्दग्वा (कविता) ले जानकारी दिइन ।

सोही अवसरमा धनशोभा राई स्मृति जेहेन्दार छात्रबृत्ति समेत वितरण गरिएको छ । 

((