धनकुटा । धेरै देवी देवताको वास रहेको विश्वास गरिने पुर्वी नेपालको धनकुटामा रहेको बक्रकुण्ड पंचेश्वर महादेव मन्दिर प्रचुर धार्मिक पर्यटकीय संभावना बोकेको क्षेत्र भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ  ।

     धनकुटा नगरपालिका वडा नम्बर १ हिले बजार नजिकै रहेको यस मन्दिरमा क्षेत्रमा धेरै देवी देवताका प्राकृतिक मुर्तिहरु रहेका छन । यस क्षेत्रमा परापुर्वकाल देखि नै अलौकिक शक्तीले विभिन्न गतिविधिहरु गर्दै आएको मिथक भए पनि प्रचारप्रसारका अभावमा ओझेलमा पर्दै आएको हो ।

 विक्रम संम्वत २०६७ साल साउन २९ गते विचित्र रुपमा नाग प्रकट भएको र केही समयपछि अलप भएपछि  यस स्थानलाई संरक्षण गर्न थालिएको मन्दिरका पुजारी जीतवहादुर तामागं जानकारी दिनुभयो ।vlcsnap-2023-04-19-17h42m21s267

नाग पञ्चमीका दिन नाग प्रकट भएको तथा अहिले पनि नाग पञ्चमीका दिन दुई वटा नाग देखिने र सो दिन पानी पर्ने गरेका कारण पनि नाग पञ्चमीका दिन यहाँ विशेष पुजा पाठ सहित धार्मिक मेला लाग्ने गरेको छ ।

  यस मन्दिरमा समयसमयमा नेपाली सेनाले सरसफाईका साथै मुल गेट नेपाली सेनाले पुरात्तात्वक महत्व राख्ने इटाको प्रयोग गरी निर्माण गरेको छ । विगतमा पनि नेपाली सेनाले मन्दिर सरसफाई र गेट वनाउने काम गरेको भिमदल गणका गणपति सुमन थापाले बताउनु भयो   ।vlcsnap-2023-04-19-17h42m56s193

भक्तजनहरुले चिताएको र मागेको पुग्ने विश्वास साथ मन्दिरमा पुजाअर्चनाका लागि धार्मिक पर्यटकहरु आउने गरेका यस मन्दिर क्षेत्रको प्रचारप्रसार खासै नभएको तथा मन्दिर सम्म पुग्ने बाटो पनि सहज नहुदाँ आउनु पर्ने जति मानिसहरु अझै आउन सकिरहेका छैन । त्यसैलाई मध्यनजर गर्दै धनकुटा नगरपालिकाले बक्रकुण्ड पंचेश्वर महादेव मन्दिरलाई व्यवस्थीत गरी पर्यटकहरुलाई आकर्षण गर्न स्थायी संरचनाहरु निर्माण समेत गर्ने नगरपालिकाको योजना रहेको  नगरप्रमुख चिन्तन तामागं बताउन हुन्छ  ।vlcsnap-2023-04-14-16h18m11s143

यस मन्दिर क्षेत्रमै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न अग्लो डाँडाबाट दृष्यावलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । जहाँबाट माथिल्लो भागमा हिमालि श्रृखला सहित वरपरका रमणिय पहाडी दृष्यहरु हेर्न सकिन्छ ।

बक्रकुण्ड पंचेश्वर मन्दिरमा नाग पञ्चमी , रामनवमी , फागुपूर्णिमा लगायतका धार्मिक चाडपर्वहरुमा विशेष पुजा र धार्मिक मेला लाग्ने गरेको छ । मन्दिर सम्म पुग्न सहज रुपमा पुग्न सकियोस भनेर  वाटो वनाउने काम भई रहेको छ।


((