इटहरी पुर्वको केन्द्रको रुपमा विकास भई रहेको कारण इटहरीको आफनै महत्व रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वताएका छन ।

  नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इटहरीको महत्व ठुलो रहेको छ भन्दै पुर्वको केन्द्र विन्दुको रुपमा विकास भई रहेको वताएका हुन । प्रदेशको नामाकरणका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले सबैको साझा पहिचानलाई केन्द्रविन्दुमा राखेर सभासदहरुले कोशी राख्नु भएको र राम्रै संदेश गएको वताए । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले जातिय द्धन्द भड्काउने कोसिस भईरहेको छ भन्दै विभिन्न शक्तीले नेपालमा अस्थीरता खोजी रहेका छन भन्दै त्यसको जालमा फस्नु नहुने तर्क समेत गरे । उनले विविधतामा एकता नेपालको विशेषतालाई कायम राखनु पर्नेमा समेत जोड दिदै प्रत्येक समुदाय ,प्रत्येक जातजातिको भाषासंस्कृति र परम्परालार्य सवैले सम्मान गर्नु पर्ने समेत वताए । नेपालले पत्रकारहरुका विभिन्न प्रश्नको जवाफ दिएका थिए ।