धनकुटा  । जीवन विकास लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय धनकुटाको आयोजनामा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । 

जीवन विकास लघुवित्त वित्तिय संस्थाबाट ऋण लिएर व्यावसाय सञ्चालन गर्दै आएका समुदायका  व्यावसायि सदस्यहरूलाई व्यावसायमा शहज होस भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ ।

२४ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै आएको यश संस्थाको धनकुटा नगर पालिकामा १ सय केन्द्रमा १९ सय  सदस्यहरूलाई व्यावसायि र उद्यमी बनाउन  विना धितो ऋण कर्जा सेवा दिदै आएको छ ।

जस्को कोहि छइन उसको जीवन विकास भन्ने अभियानका साथ संस्थामा आवद्व समुदायका महिला तथा गैर  सदस्यहरूलाइ समेत आपत विपद पर्दा आर्थिक सहयोग गर्दै आएको छ ।

उक्त तालिम समापन कार्यक्रममा ग्राहक संरक्षण कोसबाट विरामी सदस्य भक्त कुमारी रायालाई उपचार सहयोग रकम बापत पाँचहजार रूपैयाँ र क्यान्सर पिडीत पुर्णश्वरी राईलाई आर्थिक सहयोग ३० हजार रूपैयाँ रकम सहयोग प्रदान गरिएको छ । राष्ट्रिय स्तरको घ  बर्गको लघुवित्त यस संस्थाले  नगरका महिलाहरूको समूह बनाई बिना धितो कर्जा दिदै आएको छ । IMG_20230408_202554

वडा नम्वर ७ का वडा अध्यक्ष रोसेस श्रेष्ठको प्रमुख आतिथ्यता एवं जीवन विकास लघुवित्त वितीय संस्था धनकुटा जिल्ला प्रमुख घनश्यम कार्कीको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षक किरण घिमिरे र बिकास कार्कीले शहजिकरण गरेका थिए ।

३२ जना सदस्यहरूको सहभागिता रहेको उक्त तालिममा गरिरहेको व्यावसायलाई थप टेवा पुर्याउने उद्देश्यले कसरी उचित व्यावस्थापन गर्न सकिन्छ व्यावसायलाई घरेलु दर्ता, सम्बन्धि  सहजीकरण  गराएको   शाखा प्रमुख टिकाराम अर्यालले जानकारी दिए ।