इटहरी । कुष्ठ रोग लगायतका उपेक्षित रोगहरु नियन्त्रण तथा लाग्न नदिने विषयमा केन्द्रित भएर सुनसरीमा विस्वास परियोजना सञ्चालन गर्दै आएको सेद द अर्थ सुनसरीले सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।
उपेक्षित रोगहरुका क्षेत्रमा सुनसरी जिल्लामा काम गर्दै आएको सेभ द अर्थले विस्वास परियोजना अन्तरगत गएको एक वर्षको अवधिमा गरेका कामहरु साथै आगामी वर्षको योजनाहरु समेटेर सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो ।
सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्था र विस्वास परियोजना अन्तरगतका गतिविधिहरुका विषयमा अध्यक्ष भट्टराई र कार्यक्रम संयोजक मनिष सुवेदीले सहजिकरण गरेका थिए । सुनसरीमा रहेका विभिन्न सञ्चार माध्यमसंग आवद्ध भएर काम गर्दै आएका सञ्चारकर्मीहरुको सहभागितामा आयोजना गरिएको सो कार्यक्रममा कुष्ठ रोग तथा हाति पाइले रोग जस्ता उपेक्षित रोगहरु निधानका विषयमा सञ्चारकर्मीहरुले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिइयो ।
यस प्रकारका रोगहरु गामिण तथा पिछडीएका क्षेत्रहरुमा बढी हुने गरेका कारण सर्वसाधारणलाई सचेतनाका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण रहने समेत सो अवसरमा आयोजक संस्थाले अपेक्षा गरेको जनाइयो । सेभ द अर्थ सुनसरीले विश्वास परियोजना अन्तरगत सुनसरीका आठ वटा पालिकाहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । इनरुवा नगरपालिका ,दुहवी नगरपालिका , कोशी गाउँपालिका , भोक्राहनरसिहं गाउँपालिका , हरिनगर गाउँपालिका , देवानगंज गाउँपालिका ,गढी गाउँपालिका र बर्जु गाउँपालिकामा विश्वास परियोजना सञ्चालन गरेर यस प्रकारका रोगहरु लाग्न नदिने उपायहरुका विषयमा सचेतना जगाउने लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।




















