इटहरी । दुघको मुल्य उत्पादकले कम पाइरहेको र उपभोक्ताले वढी तिर्नु परिरहेको अवस्था अन्त्यका लागि उपाय खोज्नु पर्ने कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तीप्रसाद सिटौलाले वताएका छन । सुनसरीको तरहरामा रहेको कामधेनु सहकारीले आयोजना गरेको ६६औं राष्ट्रिय सकारी दिवसको सन्दर्भमा सहकारी ऐन २०७४मा भएको सदस्यता सम्वन्धी व्यवस्थापन का कारण सहकारी क्षेत्रमा पर्न गएको असहजताका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै म न्त्री सिटौलाले मुल्य व्यवस्थापनको कुरा गरेका हुन ।
मन्त्री सिटौलाले हाम्रो देशको भौगोलिक अवस्था अनुसार दुग्ध व्यवसाय राम्रो व्यवसाय भएको भन्दै यसमा भएका कमीकजोरीहरुलाई हटाउदै अझ व्यवस्थित वनाउनु पर्नेमा समेत मन्त्री सिटौलाले जोड दिए ।
किसानलाई लगानी गर्ने लक्ष्य र योजना सहित गाई पाल्ने किसानहरुलाई सहयोग गर्न कामधेनु सहकारी संस्था तयार रहेको अध्यक्ष यादव ढकालले सो अवसरमा जानकारी गराए ।
कार्यक्रममा किसान , सहकारी अभियान्ता , सहकारीका प्रतिनिधि , कृषिसंग जोडिएका व्यवसायी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी क्षेत्रको सुधार , व्यवस्थित वनाउने विषय , राज्यको अनुदान लगायतका सहयोगका विषयमा छलफल र अन्तरक्रिया र सहजिकरण गरिएको थियो ।




















