इटहरी । पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउदै आइरहेको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले विभिन्न सामाजिक कार्यमा समेत सक्रियताका सहभागिता जनाउदै आएको छ । यही क्रममा स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने रगत आवश्यक पर्ने विरामीहरुले सहज रुपमा रगत पाउन भन्नका लागि स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सो रक्तदान कार्यक्रममा विद्यार्थीहरु समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।




















