इटहरी ।  नेपाल दशनामी समाजको छैंठौं राष्ट्रिय  महाधिवेशन सुनसरीको इटहरीमा सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्ने गरी नेपाल दशनामी समाजको छैंठौं राष्ट्रिय   महाधिवेशन इटहरीको दुर्गा पाटीप्यालेसमा सुरु भएको हो ।  नेपाल दशनामी समाजका अध्यक्ष रुद्र गिरीको अध्यक्षता तथा प्रथम महिला जगतगुरु शंकरचार्य माता हेमानन्द गिरीको प्रमुख आतिथ्य रहेको राष्ट्रिय  महाधिवेशनको खुल्ला सत्रका वक्ताहरुले दशनामी समाजमा आवद्धहरु विच आपसी भाइचारको सम्वन्धलाई अझ मजवुद वनाउदै आध्यात्मिक र धार्मिक चेतना अभिवृद्धिमा जोड दिए ।IMG_20230317_141629 महाधिवेशनमा देशका विभिन्न ठाउँमा छरिएर रहेका दशनामी समाजमा आवद्ध गिरी,पुरी ,भारती , वन, सागर, सरस्वती ,तिर्थ , आरण्य,पर्वत,आश्रम जातीका ३सय वढी मानिसहरुको सहभागिता रहेको छ । IMG_20230317_142337खुल्ला सत्रमा वक्ताहरुले जातिय हक अधिकारका क्षेत्रमा एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिएका छन भने सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरियो । कार्यक्रममा विभिन्न प्रतिवेदन प्रस्तुत गरियो । नयाँ कार्य समिति चयन गर्दै महाधिवेशन  शनिवार सम्पन्न हुने छ ।