इटहरी । पत्रकारिता गर्दै आएका कोशी प्रदेशका दलित पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिदै सुनसरीको इटहरीमा तीन दिवसिय कार्यशाला सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा दलित पत्रकारका लागि क्षमता विकास कार्यशाला सुरु गरिएको हो ।
कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना दलित पत्रकारहरुको सहभागिता रहेको कार्यशालाले पत्रकारिता गर्न कार्यरत पत्रकारहरुलाई अझ सहयोग पुर्याउने आफुहरुले विश्वास लिएको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका दलित विभाग प्रमुख पिवी दियालीले जानकारी दिए ।
कार्यशालामा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिला बल्वभ घिमीरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का , नेपाल पत्रकार महासंघ कोशी प्रदेश दलित विभाग प्रमुख पिवी दियाली , पत्रकार राजन केडी लगायतले सहजिकरण गरिरहेका छन ।




















