इटहरी । एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्तीमा नाम निकाल्न सफल भएका आफना विद्यार्थीहरुलाई विश्वआर्दश कलेज इटहरीले सम्मान गरेको छ ।
एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल आविश्कार निरौला र मनिष कार्कीलाई विश्वआदर्श कलेजले सम्मान गरेको हो ।
विश्वआर्दश कलेजले एक कार्यक्रमको आयोजना गरी एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल निरौला र कार्कीलाई सम्मान गरेको छ । आफनो कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले विगतका वर्षहरुमा पनि इन्जिनियरीग ,एमविविएस लगायतमा नाम निकाल्न सफल भएको र यस वर्ष पनि दुई जनाले पुर्ण छात्रावृत्तीमा एमविविएस अध्ययनका लागि नाम निकालेको कलेजका प्राचार्य गणेश दुलाल वताउछन ।
एमविविएस अध्ययनका लागि २सय २८ जनाको सिटमा १३हजार जनाले प्रवेश परिक्षा दिएकोमा आफना २जना विद्यार्थीले पुर्णछात्रावृत्तीमा नाम निकाल्न सफल भएको समेत प्राचार्य दुलालले जानकारी दिए ।
छात्रावृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान गरेर कलेजमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरुलाई उर्जा प्रदान गर्ने काम समेत गरिएको सो अवसरमा वताइयो । इटहरीमा रहेको विश्व आर्दशमा अध्ययन गर्ने विद्यार्थीले विगतका परिक्षाहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएका छन ।




















