इटहरी । इटहरी स्थित सुष्मा गोदावरी कलेजले एम बि बि एस प्रवेश परिक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाइ सम्मान गरेको छ । बिहिवार कलेजले एक कार्यक्रमका बिच सुष्मा गोदावरी कलेजमा अध्ययन गरी एम बी बी एस परिक्षा उतीर्ण गर्ने ३ जना विद्यार्थीहरुलाइ सम्मान गरेको हो ।
एम बि बि एस परीक्षा उतीर्ण गर्नेहरुमा सुष्मा गोदावरी कलेजका विद्यार्थी बाबुराज राय ले १४ औँ स्थान,सौरभ भट्टराइले १ सय ३२ औा स्थान साथै दिक्षा खड्काले २ सय ३ औँ स्थान हासिल गरेका हुन । एम बि बि एस पुर्ण छात्रवृत्ती प्राप्त गर्ने कुल २ सय ५४ विद्यार्थीहरुमध्ये इटहरी स्थित सुष्मा गोदावरी कलेजबाट ३ जना छात्रछात्रा पर्न सफल भएका हुन ।
सुष्मा गोदावरी कलेजका शिक्षक,प्राचार्य लगायतलाइ धन्यवाद दिदै प्रवेस परिक्षा उतीर्ण विद्यार्थीहरुले अविराम अध्ययन र पुर्ण आत्मविस्वासका साथ मेहेनत गरे सफलत हासिल गर्न सकीने विस्वास व्यक्त गरेका थिए । 
विद्यार्थीहरुकलाइ सफलताको सुभकामना सहित सम्मान कार्यक्रम आयोजना गरिएको बताउँदै कलेजका प्रधानाध्यापक बोधराज नेपालले सुष्मा गोदावरी कलेजका विद्यार्थीहरुले अन्य क्षेत्रमा समेत सफलता हासिल गरीरहेको जनकारी गराए । उनले आगामी दिनमा पनी विद्यार्थीको सहजतालाइ मध्यनजर गर्दै शैक्षिक गतिविधी अघी बढाउने बताएका छन । 
यस्तै सोही कार्यक्रममा कक्षा ११ र १२ को त्रैमासिक परिक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाइ नगद सहित पुरस्कृत गरिएको थियो । कक्षा ११ का उत्कृष्ट १० विद्यार्थीहरुलाइ ढक स्मृती पुरस्कार साथै कक्षा १२ का उत्कृष्ट १० विद्यार्थीहरुलाइ रुपेन्द्र स्मृती पुरस्कारले पुरस्कृत गरिएको साथै उत्कृष्ट विद्यार्थीहरुका अभिभावक समेत लाइ सम्मान गरीएको कलेजका विज्ञान संकाय कोअर्डीनेटर रञ्जन भट्टराइले जानकारी दिए । कार्यक्रम कलेजका प्रधानाध्यापक बोधराज नेपाका अध्यक्षता तथा कलेजका अध्यक्ष राजेश श्रेष्ठकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।




















